के तपाईं जापानबाट नेपाल फर्किनुभयो ? तपाईंले अविलम्ब दुई वर्षभित्र पेन्सन फिर्ताको लागि आवेदन दर्ता गर्नुपर्ने छ ।

यदि तपाईंले ६ महिनाभन्दा बढी र १० वर्षभन्दा कम अवधिको लागि पेन्सन भुक्तानी गर्नु भएको छ भने, तपाईं पेन्सन फिर्ता (एकमुष्ट निकासी भुक्तानी) प्राप्तगर्न योग्य हुनुहुन्छ।

  • पेन्सन फिर्ता रकम तपाईंको तलब र जागिर अवधिको आधारमा गणना गरिन्छ ।*
  • जापानबाट फर्केको २ वर्षभित्र तपाईंले आवेदन नदिएमा पेन्सन फिर्ता रकम प्राप्त गर्नुहुने छैन ।
* कर्मचारी पेन्सनको एकमुष्ट निकासी भुक्तानीको आवेदन दिँदा ।

नेन्किनसेवाले पेन्सन फिर्ता र यसमा लाग्ने आयकर फिर्ता दाबीको आवेदन दिने नेपालीहरुलाई सेवा प्रदान गर्दछ ।

हाम्रा सेवाहरू:
  • नि:शुल्क सेवाहरु
    • नि:शुल्क पेन्सन फिर्ता (एकमुष्ट निकासी भुक्तानी) अनुमान र योग्यता परामर्श
  • स:शुल्क सेवाहरु
    • एकमुष्ट निकासी भुक्तानी आवेदनको लागि कागजात तयार गर्न ग्राहकलाई जापानी भाषासम्बन्धी सहयोग ।
    • एकमुष्ट निकासी भुक्तानीमा लाग्ने आयकर फिर्ता दाबीको लागि कागजात तयार गर्न ग्राहकलाई जापानी भाषासम्बन्धी सहयोग ।
    • जापानमा एकमुष्ट निकासी भुक्तानीको आयकर फिर्ता प्राप्त गर्न कर एजेन्टको नियुक्ति र जापानबाट आयकर फिर्ता रकमको रकमान्तर गर्ने व्यवस्था ।
    • कागजातहरु जापान पठाउने र जापानबाट सूचना तथा जानकारी प्राप्त गर्ने ।

कुल पेन्सन फिर्ता रकम (एकमुष्ट निकासी भुक्तानी) को १०% सेवा शुल्कको रुपमा लिइने।
हामी कर दाबी र करसम्बन्धी प्रक्रिया हेर्दैनौं त्यसैले आवश्यक परेमा तपाईंलाई विशेषज्ञ कहाँ पठाउनेछौँ ।

testimonial testimonial

पेन्सन फिर्ताको प्रक्रिया

हामी तपाईंको कर फिर्ता रकमको अनुमान नि:शुल्क गर्नेछौँ ।

तपाईंसंग सूचना प्राप्त गरेपछि हामी तपाईंको पेन्सन फिर्ता (एकमुष्ट निकासी भुक्तानी) रकम गणना गर्छौं ।

डकुमेन्टेसनको लागि जापानी भाषासम्बन्धी सहयोग र पत्राचार ।

पेन्सन फिर्ता (एकमुष्ट निकासी भुक्तानी) र यसमा लाग्ने आयकर फिर्ता दाबीको लागि कागजात तयार गर्न हामी तपाईंलाई जापानी भाषासम्बन्धी सहयोग प्रदान गर्नेछौँ । हामी जापानी पेन्सन सेवालाई पूर्ण कागजात पठाउछौँ

पहिलो पेन्सन फिर्ता रकम प्राप्त गर्नुहोस (लगभग ८०%) ।

जापान पेन्सन सेवामार्फत् पेन्सन फिर्ताको पहिलो लगभग ८०% रकम नेपालमा भएको तपाईंको बैंक खातामा सोझै जम्मा हुनेछ । तपाईंको पेन्सन फिर्ता रकमबाट लगभग २०% आयकर कट्टा गरिएको छ । ८०% रकम प्राप्त भएको निश्चित भएपछि हामी तपाईंले तयार गर्नुभएको आयकर फिर्तासम्बन्धी कागजात कर कार्यालयमा पठाउनेछौँ ।

थप लगभग १०%
फिर्ता रकम
प्राप्त गर्नुहोस् ।

जापान पेन्सन सेवामार्फत् पेन्सन फिर्ताको पहिलो लगभग ८०% रकम नेपालमा भएको तपाईंको बैंक खातामा सोझै जम्मा हुनेछ । तपाईंको पेन्सन फिर्ता रकमबाट लगभग २०% आयकर कट्टा गरिएको छ । ८०% रकम प्राप्त भएको निश्चित भएपछि हामी तपाईंले तयार गर्नुभएको आयकर फिर्तासम्बन्धी कागजात कर कार्यालयमा पठाउनेछौँ ।

Get your free estimate!

आफ्नो नि:शुल्क अनुमान प्राप्त गर्नुहोस् !
हामी गणना गर्नेछौं कति पेन्सन फिर्ता तपाईंले पाउनुहुनेछ ।

हाम्रो लक्ष्य

सन् २०२० मा जापानमा नेपाली कामदारको कुल जनसङ्ख्या ९९,६२८ पुगेको छ, जापानमा आउने बिदेशीहरुमा भियतनामपछि नेपालको वृद्धिदर दोश्रो मा पर्छ ।

यद्यपि धेरै नेपालीहरू अहिले जापानमा काम गरिरहेका छन् र पेन्सन (नेन्किन) जस्ता सामाजिक सुरक्षा प्रिमियमहरू तिरिरहेका छन्, तर तिनीहरूमध्ये धेरैलाई जापानी भाषा र प्रणालीको जटिलताका कारण जापानी कानुनी प्रणाली र तिनीहरूका अधिकारहरूबारे धेरै जानकारी छैन।

त्यसै कारण आशा एन्ड कम्पनीले नेपालीहरुलाई यससम्बन्धी सेवा प्रदान गर्दछ ।

हामीलाई सम्पर्क गर्नुहोस



बारम्बार सोधिने प्रश्नहरू

  • यदि तपाईं जापानबाट नेपाल फर्केको २ वर्ष नाघेको छैन भने, यो तपाईंको हालको बसोबासको ठेगाना, तपाईं दाखिला भएको पेन्सनको प्रकार र तपाईंले जापानमा काम गरेको अवधिमा निर्भर गर्दछ। तपाईंले नेपाल छाड्नुअघि आवश्यक कागजातहरू दाखिला गर्नुभयो कि भएन भन्ने कुरामा पनि भर पर्छ।

  • पहिलो ८०% को लागि ३ देखि ६ महिना र दोस्रो भुक्तानी १०% को लागि १.५ देखि २ महिना लाग्नसक्छ।

  • रकम तपाईंले काम गरेको अवधि र तपाईंले कमाउनु भएको तलबको आधारमा जापान पेन्सन सेवाले उपलब्ध गराएको गणितीय सूत्रबाट गणना गरिन्छ।

  • पेन्सन फिर्ता रकम (एकमुष्ट निकासी भुक्तानी) मा दुई भाग समावेश हुन्छ । पहिलो, तपाईंले जापान पेन्सन सेवाबाट एकमुष्ट निकासी भुक्तानीको लगभग ८०% प्राप्तगर्नु हुनेछ । दोस्रो, तपाईंले एकमुष्ट निकासी भुक्तानीको लगभग २०% आयकर फिर्ताको रुपमा प्राप्तगर्नु हुनेछ ।
    पहिलो र दोस्रो कुल फिर्ता रकमको १०% सेवा शुल्कको रुपमा कट्टा गर्नेछौँ ।

  • सर्वप्रथम हामी तपाईंको योग्यता निर्धारण गर्न तपाईंलाई नि:शुल्क परामर्श प्रदान गर्नेछौँ र अनुमान उपलब्ध गराउँछौँ ।
    यदि तपाईं इच्छुक हुनुहुन्छ भने हामी तपाईंलाई करार सम्झौतामा हस्ताक्षर गर्न भन्नेछौँ । करार सम्झौतामा हस्ताक्षर गरिसकेपछि हामी तपाईंलाई आफ्नो कागजात तयार गर्न जापानी भाषासम्बन्धी सहयोग प्रदान गर्नेछौँ र आवश्यक कागजात पत्राचार गर्न सहयोग गर्नेछौँ ।
    अग्रिम शुल्क लाग्नेछैन । फिर्ता रकमको १०% सेवा शुल्कको रुपमा कट्टा गरिनेछ । कृपया सुनिश्चित हुनुहोस् कि आवेदन स्वीकृत नभएमा कुनै किसिमको शुल्क लाग्ने छैन ।

viber-logo instagram-logo phone-logo arrow-up